सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट ४ जना फरार प्रतिबादी पक्राउ

२०८२ माघ ८, ०९:३१ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट ४ जना फरार प्रतिबादी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सवारी ज्यान मुद्दामा ११ महिना ७ दिन कैद सजाय र २ हजार जरिवाना तोकिएको दोधारा चाँदनी नगरापलिका-१० फकिरेटोल बस्ने ३३ वर्षीय सुशिल प्रसाद जोशी, पक्राउ परेका हुन्।

यस्तै लागूऔषध मुद्दामा २७ दिन कैद सजाय तोकिएको जिल्ला बेलौरी नगरापलिका-१० भुडा बस्ने २४ वर्षीय बिकाश चौधरी, शुक्लाफाँटा नगरापलिका-९ सिसैया बस्ने २४ वर्षीय ललित ऐर र बेलौरी नगरापलिका-१० सडकघाट बस्ने २४ वर्षीय सुरज चौधरी पक्राउ परेका हुन्।

जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका चारै जनालाई बुधवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ।

कमेन्ट लोड गर्नुस