कञ्चनपुरमा लागूऔषधसहित ५ जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित ५ जना पक्राउ परेका छन्।
जिल्लाको बेलौरी नगरपालिका–६ बैशाखा स्थित पुल नजिक इलेक्ट्रोनिक स्कुटरलाई चेकजाँच गर्दा स्कुटर चालक बेलौरी नगरपालिका–४ शान्तीपुर बस्ने बर्ष २४ वर्षीय महादेव चौधरीलाई ४१० मिलिग्राम लागूऔषध खैरो हेरोइन प्रहरीले पक्राउ गरेको छ। चौधरीलाई उक्त पदार्थ, स्कुटरसहित इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।
लागूऔषधको कारोबार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा शुक्लाफाँटा नगरपालिका–१० खुल्लामञ्च नजिकबाट झलारी बस्ने ३३ वर्षीय चन्दन ऐर र शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर बस्ने २५ वर्षीय दिपेन्द्र सुनार पक्राउ परेका छन्। यी दुबै जनालाई ०.३६ ग्राम लागूऔषध खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय झलारी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।
यसैगरी बेलौरी नगरपालिका–१० दर्सिखल्ला स्थित भारतबाट नेपालतर्फ आउँदै गरेको भारतीय युके ०६ बिएम ९११६ नम्वरको मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाइकल चालक भारत जिल्ला पिलिभित, टाटरगंज बस्ने २२ वर्षीय मंगु सिंह लागूऔषधसहित पक्राउ परेका हुन्।
सिंहको साथबाट २ ग्राम २५० मिलिग्राम लागूऔषध फेला पारी उक्त पदार्थ, मोटरसाइकलसहित उनलाई इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। बुधवार पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।