सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा क-कसले गरे उम्मेदवारी दर्ता?

२०८२ माघ ७, ०३:२२ नारायण अवस्थी

धनगढीः फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्न डोटीमा ९ जनाले उम्मेदवारी दर्ता गरेका छन्। एक निर्वाचन क्षेत्र रहेको डोटीमा नेपाली काँग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कम्युनिष्ट पार्टीलगयात ९ दलका उम्मेदवरले मनोनयन दर्ता गरेको मुख्य निर्वाचन अधिकृत पदमराज पाण्डेयले जनाकारी दिए।

मुख्य निर्वाचन अधिकृत पाण्डेयका अनुसार बझाङमा नेपाली काँग्रेसका भरतबहादुर खड्का, नेकपा एमालेका दीपकबहादुर धामी, नेपाली कम्युनिष्ट पार्टीका त्रिलोचन भट्ट राष्ट्रिय स्वतन्त्र पार्टीका नरेन्द्रबहादुर खड्का तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका खडकबहादुर अग्रवालले उम्मेदवारी दर्ता गरेका छन्।

यस्तै, डोटीमा राष्ट्रिय जनमोर्चाका मणिराज भट्ट, नेपाल मजदुर किसान पार्टीका गजेन्द्रबहादुर शाही, नेपाल कम्युनिष्ट पार्टी माओवादीका प्रकाश कठायत तथा मितेरी पार्टीबाट सरस्वती कुमारी पालले उम्मेदवारी दिएका छन्।
 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस