सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा होटल व्यवसाय गर्दै आएका डोटीका तीन जनामाथि चक्कु प्रहार

२०७६ साउन ३०, ०६:५६ खबर संवाददाता

भारतको लुधियानामा होटल व्यवसाय गर्दै आएका डोटीका तीन जनामाथि आक्रमण भएको छ। पंजाव लुधियानामा होटल सञ्चालन गर्दै आएका डोटीको केआइसिंह गाउँपालिका वडा नम्वर ५ केदारगाउँका किसन पार्की उनकी श्रीमती राधादेवी पार्की र उनकी साली मैना पार्कीमाथि आक्रमण भएको हो। राती साढे १० बजेको समयमा उनीहरुमाथि आक्रमण भएको हो। 

होटलमा सधै खाना खान आउने एकजना भारतीय नागरिकले गुणडहरु ल्याएर चक्कु प्रहार गर्दै उनीहरुलाई घाईते बनाएको भतिजा तेज पुरुषले बताए। ‘खाना खाएपछि अंकलले पैसा मागेका थिएन,’ उनले भने,  ‘काइको पैसा रे तेरे बापने दिया है क्या भनेर थर्काया, अनि सम्झाउने कुरा गर्दा पछाडीबाट चक्कु प्रहार गरि घाईते बनाएको छ।’

उनीहरुको स्थानीय अस्पतालमा उपचार भईरहेको र प्रहरीमा उजुरी दिने तयारी भईरहेको समेत उनले जानकारी दिए। 

कमेन्ट लोड गर्नुस