सुदूरपश्चिममा प्रतिनिधिसभा चुनाव: महिला उम्मेदवार ८ प्रतिशत मात्र
धनगढी: फागुन २१ का लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि सुदूरपश्चिमबाट २१० जनाको उम्मेदवारी परेको छ । सुदूरपश्चिमका १६ निर्वाचन क्षेत्रका लागि १८ महिला र १९२ पुरुष सहित २१० जनाले उम्मेदवारी गर्दा गरेका हुन । जसअनुसार कुल उम्मेदवारीमा महिलाको सङ्ख्या ८ दशमलव ५७ प्रतिशत हुन आउँछ ।
प्रदेशमा सबैभन्दा धेरै कैलाली निर्वाचन क्षेत्र नम्बर १, कञ्चनपुर १ र २ बाट १९/१९ जनाले उम्मेदवारी दर्ता गरेका छन् भने सबैभन्दा कम बझाङबाट ७ जनाले उम्मेदवारी गर्दा गरेका छन् ।
कैलाली क्षेत्र नम्बर २ बाट १६, कैलाली क्षेत्र नम्बर ३ बाट ११ जना, कैलाली क्षेत्र नम्बर ४ बाट १६ जना, कैलाली क्षेत्र नम्बर ५ बाट पनि १६ जनाले उम्मेदवारी दर्ता गरेका छन् । कञ्चनपुर क्षेत्र नम्बर ३ बाट १७ जना, अछाम क्षेत्र नम्बर १ बाट ८, अछाम क्षेत्र नम्बर २ बाट ९ जनाले उम्मेदवारी गर्दा गरेको सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
यस्तै डोटीबाट ९, बाजुराबाट ८, बैतडीबाट १२, दार्चुलाबाट ११ र डडेल्धुराबाट १३ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।