बाजुरामा स्वतन्त्रसहित सात दलको उम्मेदवारी
बाजुराः आसन्न फाुगन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाजुराबाट एक स्वतन्त्रसहित सात दलले उम्मेदवारी दर्ता गराएका छन्।
मङ्गलबार भएको मनोनयन दर्तामा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, प्रगतिशिल लोकतान्त्रिक पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र एक स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्।
मुख्य निर्वाचन अधिकृत सञ्जिव पोखरेलका अनुसार नेपाली कांग्रेसबाट जनकराज गिरी, नेकपा (एमाले)बाट लालबहादुर थापा र नेपाली कम्युुनिष्ट पार्टीबाट प्रकाशबहादुर शाहले मनोनयन दर्ता गराएका हुन्। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट केशरबहादुर शाही, राष्ट्रिय स्वतन्त्र पार्टीबाट हेमराज थापा र स्वतन्त्र उम्मेदवार उपेन्द्र शाहीले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत पोखरेलले बताए।