महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार
काठमाडौँ: निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका छन्।
मंगलबार बिहान उनले म्याग्दीस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन्।
पुनले उम्मेदवारी दर्ता गर्नु अघि शिक्षा मन्त्रीको पदबाट राजीनामा दिएका थिए। उनी राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष पनि हुन्।
अघिल्ला समयसम्म चुनावी प्रतिस्पर्धामा चासो नराख्ने बताउँदै आएका पुनले अन्तिम समयमा चुनावी मैदानमा प्रवेश गरेका हुन्।