सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज बस्ने भनिएको नेकपाको सचिवालय बैठक स्थगित

२०७६ साउन २९, ०१:५१ खबर संवाददाता

आज बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक स्थगित भएको छ। स्कुल विभागसहित जनवर्गीय संगठनको नेतृत्व लगायत विषयमा विवाद कायमै भएपछि आजका लागि बोलाइएको सचिवालय बैठक स्थगित भएको हो। जनवर्गीय संगठनको नेतृत्वका विषयमा मंगलबार पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व एमालेका नेताहरुसँग गरेको छलफलमा नेतृत्वलाई लिएर व्यापक विवाद भएको र त्यो टुगिंन नसकेपछि बैठक स्थगित गर्नु परेको बताइएको छ।

स्कुल विभागको नेतृत्व पूर्व एमालेका ईश्वर पोखरेल या पूर्व माओवादीका नारायणकाजी श्रेष्ठ मध्ये कसलाई दिने भन्ने विवाद कायमै रहेका बेला जनवर्गीय संगठनको नेतृत्व छान्न पूर्व एमालेलाई हम्मेहम्मे छ।

यस्तै आज बिहान अध्यक्ष ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग गरेको छलफल पनि विना निष्कर्ष सकिएपछि थप गृहकार्य गर्ने भन्दै भोलिसम्म लागि बैठक स्थगित गरिएको हो। नेकपाको सचिवालय बैठक साउन १३ यता बस्न सकेको छैन। 
 

कमेन्ट लोड गर्नुस