काँग्रेस केन्द्रीय कार्यालयमा दुई दिनदेखि देउवापक्षीय युवा तैनाथ
काठमाडौँः पार्टीमा समानान्तर केन्द्रीय कार्यसमिति गठन भएपछि ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा देउवापक्षीय युवाहरूले सुरक्षा दिइरहेका छन्।
दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिले आफूहरू नै आधिकारिक भएको दाबी गरेपछि सम्भावित आगमनलाई ध्यानमा राख्दै उनीहरू बिहीबारदेखि कार्यालय परिसरमा बसेका हुन्।
सानेपास्थित केन्द्रीय कार्यालयमा केन्द्रीय सदस्य गणेश लामा र तरुण दलका अध्यक्ष विद्वान गुरुङको नेतृत्वमा युवाहरू खटिएका छन्।