सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

२०८२ माघ १, १२:४३ खबर संवाददाता

अछाम: अछामको मेल्लेख गाउँपालिकामा भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ भने पछाडि सवार एक व्यक्ति घाइते भएका छन् ।
हिजो साँझ करिब ६ः२० बजे मेल्लेख गाउँपालिका–७ स्थित जुम्ला खोला क्षेत्रमा नन्देगडाबाट बिन्देबासिनी तर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०३–००१ प ०६०१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक बिन्देबासिनी निवासी अन्दाजी ४२ वर्षीय उज्जल बहादुर बोहराको निधार र छातीमा गम्भीर चोट लागेको थियो । उपचारका लागि प्रादेशिक अस्पताल बयलपाटा लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही मोटरसाइकलको पछाडि सवार मेल्लेख गाउँपालिका–७ नन्देगडा निवासी अन्दाजी ३५ वर्षीय डम्बर साउँदको अनुहार र ढाडमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको र अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

दुर्घटनामा संलग्न मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ भने घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


 

कमेन्ट लोड गर्नुस