सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय योग दिवसका अवसरमा रक्तदान

२०८२ पुष ३०, ०५:१८ खबर संवाददाता

धनगढी: राष्ट्रिय योग दिवसको अवसरमा धनगढी रक्तदान गरिएको छ। पतञ्जलि योग समिति धनगढीले रक्तदान कार्यक्रम आयोजना गरेको हो। धनगढी-४ मा रहेको पतञ्जलि वेलनेस सेन्टरको प्राङ्गणमा भएको रक्तदानमा २३ जनाले रक्तदान गरेको धनगढी नगर समितिका अध्यक्ष कुलराज जोशीले बताए।

कार्यक्रममा पतञ्जलि योग नेपालका केन्द्रीय प्रभारी योग गुरु लवदेव मिश्रलगायतले रक्तदान गरेका थिए। कार्यक्रममा पतञ्जलि योग समितिका जिल्ला तथा नगर समितिका पदाधिकारी र सदस्यहरूले रक्तदान गरेका थिए।

हरेक वर्ष माघ १ गते राष्ट्रय योग दिवस मनाइन्छ। धनगढीमा पनि पतञ्जलि योग समितिले योग दिवसको अवसरमा पुस २५ गतेदेखि माघ १ गतेसम्म विविध कार्यक्रम गर्दै राष्ट्रिय योग दिवस मनाउने भएको छ।

कमेन्ट लोड गर्नुस