सुदूर नेपाललाई विश्वसँग जोड्दै

काँग्रेसमा संस्थापन पक्ष कडा बन्दै, गगन–विश्वप्रकाशसहित नेतामाथि कारबाहीको तयारी

२०८२ पुष ३०, १२:४५ खबर संवाददाता

काठमाडौँः नेपाली काँग्रेसको संस्थापन समूहले महाधिवेशन पक्षधर नेताहरूविरुद्ध कारबाही गर्ने तयारी थालेको छ। संस्थापन समूहका एक नेताका अनुसार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित केही नेतामाथि अनुशासनात्मक कारबाहीको प्रक्रिया अघि बढाइने भएको हो।

विशेष महाधिवेशन पक्षधर समूहले निर्वाचन प्रक्रिया अघि बढाउँदै मनोनयनको अन्तिम सूची सार्वजनिक गर्ने तयारी गरेपछि कारबाहीबाहेक अन्य विकल्प नरहेको निष्कर्षमा संस्थापन पक्ष पुगेको बताइएको छ।

यसैबीच, गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराइसकेका छन्। निर्वाचन समितिले अन्तिम नामावली सार्वजनिक गरेलगत्तै सम्बन्धित नेताहरूलाई कारबाहीको पत्र पठाइने संस्थापन पक्षका ती नेताले जानकारी दिएका छन्।

कमेन्ट लोड गर्नुस