त्रिभुवन विश्वबिद्यालयको होलोग्रामसहित धनगढीका एक जना पक्राउ
कञ्चनपुरः त्रिभुवन विश्वबिद्यालयको होलोग्रामसहित धनगढीका एक जना पक्राउ परेका छन्।
कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारबाट कैलालीको धनगढी उपमहानगरपालिका–३ बस्ने ४२ वर्षीय बाबुराम राना पक्राउ परेका हुन्। रानालाई चेकजाँच गर्दा उनको साथबाट त्रिभुवन विश्वबिद्यालय काठमाण्डौँ, नेपाल संगठित बि.स.२०१२, स्थापित वि.स.२०१६ लेखेको त्रिभुवन विश्वबिद्यालयको ४५ हजार थान होलोग्रामसहित फेलापारी रानालाई प्रहरी चौकी परासन, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। यस विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।