युक्रेनको सम्बन्धमा छलफल गर्न संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को आपतकालीन बैठक आयोजना
किएभ: संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले युक्रेनबारे छलफल गर्न सोमबार आपतकालिन बैठक आयोजना गरेको जनाएको छ।
किएभका मेयरले रूसी आक्रमणका कारण भएको उर्जा अवरोधका कारण बासिन्दाहरूलाई राजधानी छोड्न आग्रह गरे पछि बैठकको तालिका संशोधन गरेको बताउनु भएको छ।
“रुसी महासङ्घले नागरिकहरू विरुद्धको आतङ्कवादद्वारा युद्ध अपराध र मानवता विरुद्धको अपराधको भयावह स्तरमा पुगेको युक्रेनी राजदूत एन्ड्री मेलनिकले शुक्रबार सुरक्षा परिषद् पठाएको पत्रमा उल्लेख गरिएको एएफपीले जनाएको छ।
पछिल्लो रूसी आक्रमणले किएभका आधा– आधी आवासीय भवनहरूलाई उर्जा विहिन बनाएको मेयर भिटाली क्लिट्स्कोले बताएका छन्।
क्रेमलिनले सन् २०२२ फेब्रुअरी मा युद्ध सुरु भए देखि दोस्रो पटक युक्रेनमा ओरेसनिक ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको पनि पुष्टि गरेको छ।
रूसी सङ्घले आधिकारिक रूपमा लिभिभ क्षेत्रमा मध्यवर्ती दूरीको ब्यालेस्टिक मिसाइल, ’ओरेसनिक’ प्रयोग गरे पछि राजदूतले पत्र जारी दाबी गरेको छ।
“यस्तो आक्रमणले सुरक्षाका लागि गम्भीर र अभूतपूर्व खतराको प्रतिनिधित्व गर्दछ। “
मस्कोले आणविक र परम्परागत दुवै हतियारले युक्त ओरेसनिकलाई रोक्न असम्भव भएको दाबी गरेको छ।
सयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद आपतकालीन बैठकका लागि युक्रेनको अनुरोधलाई फ्रान्स, लाटविया, डेनमार्क, ग्रिस, लाइबेरिया र बेलायत लगाएत छ सदस्य राष्ट्रले समर्थन गरेको कूटनीतिक स्रोतलाई उदृत गर्दै एएफपीले बताएको छ।