पिएफए भेट्रान्स कपको उपाधिका लागि आज अनुपमा र कैनोडा भिड्दै
कैलालीः कैलालीको अत्तरियामा जारी पिएफए भेट्रान्स कप क्रिकेट प्रतियोगिताको आज फाइनल खेल हुँदै छ।
फाइनलमा आज उपाधिका लागि अनुपमा अलराउन्डर्स र कैनोडा लायन्स भिड्ने भएका छन्। फाइनल खेल सशस्त्रको अत्तरिया स्थित खेल मैदानमा दिउँसो १ बजे देखि सुरु हुने छ। प्रतियोगिताको विजेता टिमले नगद १ लाख २५ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ भने उप विजेता टिमले नगद ६५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्। पुस १५ गते देखि सुरु भएको प्रतियोगितामा कैलाली कञ्चनपुरका ८ वटा टिमको सहभागिता रहेको थियो। ३२ वर्षभन्दा माथि भेट्रान्स उमेर समूहका खेलाडीहरूले मात्रै प्रतियोगितामा सहभागिता जनाएका छन्।