सुदूर नेपाललाई विश्वसँग जोड्दै

पौडी खेल्ने क्रममा कतारमा एक नेपालीको मृत्यु

। फोटो स्रोत ।
२०७६ साउन २८, १०:४९ खबर संवाददाता

कतारकमा एक नेपालीको मृत्यु भएको छ। वैदेशिक रोजगारीका क्रममा विगत १३ वर्षदेखि कतारमा कार्यरत साँगुरीगढी गाउँपालिका–३, धनकुटाका ललितबहादुर लिम्बूको आइतबार दिउँसो पौडी खेल्ने क्रममा समुद्रको छालमा परेर मृत्यु भएको हो।

कतारमा धनकुटा सेवा समाजको पूर्वअध्यक्ष एवं वर्तमान प्रमुख सल्लाहकार रहेका लिम्बू अन्य विभिन्न सामाजिक संस्थामा पनि सक्रिय रहेको बताइएको छ। उनको शव नेपाल पठाउन दूतावाससँग समन्वय भइरहेको छ। रासस

कमेन्ट लोड गर्नुस