बझाङको चैनपुरमा आगलागी
२०८२ पुष २५, ११:२७
बझाङः बझाङको चैनपुरमा आगलागी भएको छ। शुक्रबार बिहान एउटा सिरक पसलबाट सुरु भएको आगलागी बजारका अन्य पसलहरुमा समेत फैलिएको हो।
आगलागीबाट भएको क्षति र कारण बारे भने खुल्न सकेको छैन। नेपाली सेना, नेपाल प्रहरी र स्थानीय बासिन्दाका साथै जय पृथ्वी नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
कमेन्ट लोड गर्नुस