आदिवासी जनजाति पत्रकार महासंघको कैलाली शाखाद्वारा एक लाखको अक्षय कोष स्थापना
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कैलाली शाखाले एक लाख धनराशीको अक्षयकोष स्थापना गर्ने घोषणा गरेको छ। फोनिजको २० औं स्थापना दिवसको अवसरमा सो शाखाले सोमबार धनगढीमा आयोजित एक कार्यक्रमकाबीच अक्षयकोष स्थापना गर्ने घोषणा गरेको हो। अक्षयकोष अन्तर्गत वार्षिक रुपमा आउने ब्याज रकमबाट आदिवासी जनजाति पत्रकारहरूको क्षमता विकास, आपतकालीन सहयोगमा खर्च गरिने नेपाल आदिवासी जनजाति पत्रकार महासंघ कैलालीका अध्यक्ष लखन चौधरीले जानकारी दिए।
सो अवसरमा शाखाले नेपाल पत्रकार महासंघ कैलाली शाखालाई एक दर्जन प्लाष्टिक कुर्सी सहयोग गरेको छ। शाखा अध्यक्ष चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल पत्रकार महासंघ सुदूरपश्चिम अध्यक्ष अर्जुन शाह रहेका थिए।