सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय सभामा काँग्रेस-एमाले गठबन्धन विरुद्ध नेकपाको उम्मेदवारी

२०८२ पुष २३, ०३:५९ खबर संवाददाता

धनगढी: सुदूरपश्चिममा राष्ट्रिय सभा सदस्यको दुई रिक्त पदका लागि चुनाव हुने भएको छ। एक महिला र एक खुल्ला सदस्यका लागि हुने निर्वाचनमा काँग्रेस र एमालेल चुनावी गठबन्धन गरेका छन्। केन्द्रमा राष्ट्रिय सभाका लागि काँग्रेस, एमाले, नेकपा र जसपाको गठवन्धन हुने सहमति भए पनि सुदूरपश्चिममा भने नेकपाले छुट्टै उम्मेदवारी दर्ता गरेको छ।

काँग्रेस र एमालेसँग सहमति नजुटेपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय सभा निर्वाचनमा एकल उम्मेदवारी दिएको हो। सुदूरपश्चिममा रिक्त रहेको एक पुरुष र एक महिला सिटमा नेकपाले पनि उम्मेदवार खडा गर्न लागेको छ। महिलातर्फ रोजी बस्नेत सुनार र पुरुषतर्फ टिकाराम जैशीले उम्मेदवारी दिने भएका छन्।

गठबन्धनबाट भने काँग्रेसले खम्ब खाती र एमालेले लिला भण्डारीको उम्मेदवारी दर्ता गरेको छ। केन्द्रमा चार दलबीच हुने भनिएको गठवन्धन सुदूरपश्चिममा उम्मेदवारी दर्ता गर्दा भने नभएको देखिएको छ।

कमेन्ट लोड गर्नुस