सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा विद्यालय भवनमा आगलागी

२०७६ साउन २७, ०३:१५ खबर संवाददाता

अछाममा एक विद्यालयमा आगलागी भएको छ। जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका– ५ कालिकामा रहेको सान्नीकोट आधारभूत विद्यालयको एक भवनमा आगलागी भएको हो। निमार्णाधिन नेपाल टेलीकमको टावरका सोलार ब्याट्री र अन्य सामाग्रीहरु राखिएको उक्त कोठामा एक्कासी ब्याट्री पड्किदा आगलागी भएको अछाम प्रहरीले जनाएको छ। आगलागीले विद्यायलयका कागजातहरु जलेर नष्ट भएका छन्। प्रहरी चौकी जयगढबाट प्रहरी सहायक निरीक्षक रामसिंह कार्कीको नेतृत्वमा गएको टोलीले आगो नियन्त्रणमा लिएको थियो।
 

कमेन्ट लोड गर्नुस