सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेसका ९ उम्मेदवार टुंगिए, सुदूरपश्चिममा खाती

२०८२ पुष २३, ०१:३३ खबर संवाददाता

काठमाडौं: नेपाली कांग्रेसले आगामी राष्ट्रियसभा निर्वाचनका लागि नौ जना उम्मेदवारको नाम टुंगो लगाएको छ। कांग्रेस, एमाले र नेकपाबीच चुनावी तालमेलका विषयमा छलफल जारी रहेकै बेला कांग्रेसले उम्मेदवारको नामावली सार्वजनिक गरेको हो।

प्रदेशगत रूपमा कोशीबाट सुनिलबहादुर थापा, मधेशबाट धर्मेन्द्र पासवान र रञ्जित कर्ण, बागमतीबाट गीता देवकोटा, गण्डकीबाट जगत तिमिल्सिना, लुम्बिनीबाट बासुदेव घिमिरे जंगली र चन्द्रबहादुर केसी, कर्णालीबाट ललितजंग शाही तथा सुदूरपश्चिमबाट खम्मबहादुर खाती उम्मेदवार रहेका छन्।

माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता कार्यक्रम तय गरिएको छ।
 

कमेन्ट लोड गर्नुस