उग्रतारासँगको सहकार्यमा धनगढीमा यूएनभी सीसीटीभीको शोरूम सञ्चालन
धनगढीः सीसीटीभी सर्भिलेन्स (निगरानी प्रणाली) क्षेत्रमा विश्वव्यापी रूपमा परिचित बहुराष्ट्रिय ब्रान्ड यूएनभीले नेपालमा आफ्नो सेवा विस्तार गर्दै धनगढीमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ।
नेपालका लागि आधिकारिक राष्ट्रिय वितरक प्लाजा सेल्स प्रा.लि. को निरन्तर समर्थन र मार्गदर्शनमा उक्त शोरूम धनगढी रातोपुल स्थित उग्रतारा टेक्निकल गुड्स सप्लायर्स सँगको सहकार्यमा सुरु गरिएको हो।
सोमबार धनगढीमा आयोजित उद्घाटन समारोहमा प्रमुख अतिथि सुदूरपश्चिम रिसर्च इन्नोभेसन सेन्टरका बोर्ड सदस्य (जेन–जी युवा) जेनुल सिद्दिकीले एआई प्रविधिको प्रयोगमार्फत दियो बालेर शोरूमको औपचारिक उद्घाटन गरेका थिए। कार्यक्रममा यूएनभी नेपालका सेल्स डाइरेक्टर सर्दक अधिकारी, प्लाजा सेल्सका म्यानेजिङ डाइरेक्टर अभिनास बन्सल लगायत विभिन्न आईटी व्यवसायी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
यूएनभी एक अग्रणी सीसीटीभी सर्भिलेन्स विशेषज्ञ ब्रान्ड हो, जसको हाल विश्वका २०६ देशहरूमा उपस्थिति रहेको छ। कम्पनीले बेलायत, अमेरिका, कोरिया तथा मध्यपूर्वका बजारहरूमा अन्तर्राष्ट्रिय रूपमा उत्कृष्ट ब्रान्डको स्थान कायम गर्दै आएको छ।
नेपालमा पनि यूएनभीले आफ्नो विश्वसनीयता र गुणस्तर प्रमाणित गर्दै सुदूरपश्चिम, लुम्बीनी र गण्डकी प्रदेशमा सीसीटीभी ब्रान्डको रूपमा आफ्नो अग्रणी स्थान स्थापित गरिसकेको युएनभी नेपालका सेल्स डाइरेक्टर सर्दक अधिकारीले बताए। यूएनभीले सीसीटीभी सुरक्षासमाधानसँगै विभिन्न आईटी उत्पादनहरू समेत उपलब्ध गराउँदै आएको छ।
धनगढीमा सञ्चालनमा आएको नयाँ शोरूममार्फत सुदूरपश्चिम क्षेत्रका ग्राहकहरूलाई उच्चस्तरीय सीसीटीभी सुरक्षासमाधान, आईटी उत्पादन, प्राविधिक सहयोग तथा बिक्रीपछिको सेवा एकै स्थानबाट उपलब्ध गराइने कम्पनीले जनाएको छ। उग्रताराले युएनभीका सीसीटीभीको बिक्री बितरण पहिलेदेखि नै गर्दै आएपनि शोरुमको शनिबार शुभारम्भ गरिएको हो ।
उग्रतारा टेक्निकल गुड्स सप्लायर्सका प्रवन्ध निर्देशक टेकराज पनेरुले ग्राहकहलाई गुणस्तरिय र बिश्वासिलो सेवा दिन अन्तरराष्टिय स्तरमै प्रसिद्द युएनभी सीसीटीभीको शोरुम संचालनमा ल्याइएको बताए । उग्रतारा टेक्निकल गुड्स सप्लायर्ससँगको सहकार्यले स्थानीय बजारमा आधुनिक, सुरक्षित र भरपर्दो प्रविधिको पहुँच अझ सशक्त बन्ने कम्पनीले विश्वास लिएको जनाएको छ। (प्रवर्धित सामग्री)