सुदूर नेपाललाई विश्वसँग जोड्दै

पत्रकारमाथि मन्त्रीको दुव्र्यवहार : सरकारलाई स्पष्ट पार्न सदनमा माग

२०७६ साउन २६, ०६:५७ खबर संवाददाता

सुदूरपश्चिम प्रदेशसभा सदस्यले पत्रकारमाथि मन्त्रीबाटै भएको दुव्र्यवहार बारे जवाफ मागेका छन्। आजको प्रदेश सभा बैठकमा बोल्दै प्रदेश सभा सदस्यहरुले मन्त्रीबाटै पत्रकारमाथि दुव्र्यवहार भएको मन्दै स्पष्ट पार्न सरकारसंग माग गरेका हुन्। 

प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसका सांसद भरत बहादुर खड्काले पत्रकार दिलबहादुर छत्यालमाथि मन्त्रीबाटै भएको दुव्र्यबहारको सम्बन्धमा प्रष्ट पार्न सरकारसँग माग गरेका छन्। आन्तरिक ममिला तथा कानून मन्त्री प्रकाश शाहले पत्रकार छत्याललाई गरेको अभद्र ब्यवहारबारे सरकारले जवाफ दिनुपर्ने उनले बताए। अर्को प्रसंगमा बोल्दै प्रदेश सभा सदस्य खड्काले अझै पनि प्रदेशका हावाहुरी पीडितले राहत नपाएको बताए। 

यस्तै सत्तारुढ दल नेकपाका सांसद महेशदत्त जोशीले सुदूरपश्चिम प्रदेशका सबै क्षेत्रमा बैकिंङ सुबिधा पु¥याउनु पर्ने बताए। अहिले पनि कयौं स्थानीय तहमा बैक तथा वितिय संस्था नुहदाँ कारोबार गर्न समस्या भएको उनले सुनाए। राष्ट्रिय जनाता पार्टी राजपाकी सांसद मलामति कुमारी रानाले पशु चौपायाको व्यवस्थापनमा प्रदेश सरकार गम्भिर बन्नुपर्ने बताइन्। छाडा चौपायाका कारण किसानले लगाएको बालीमा क्षति पु¥याएको भन्दै उनले यसको व्यवस्थापनको माग गरिन्। 
 

कमेन्ट लोड गर्नुस