सुदूर नेपाललाई विश्वसँग जोड्दै

राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता

२०८२ पुष १६, ०३:०९ खबर संवाददाता

काठमाडौँः राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच लामो समयदेखिको विभाजन अन्त्य गर्दै पार्टी एकता भएको छ।

राजेन्द्र लिङदेन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा, नेपालबीच एकीकरण भएसँगै राजावादी तथा राष्ट्रवादी शक्तिहरू एकीकृत भएका हुन्। कार्यक्रममा दुवै पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन र कमल थापाले संयुक्त रूपमा एकता घोषणापत्र सार्वजनिक गरे। 

यसअघि पुस ९ गते धुम्बाराहीस्थित राप्रपा केन्द्रीय कार्यालयमा दुवै नेताले एकता समझदारीपत्रमा हस्ताक्षर गरेका थिए।२०७८ सालको राप्रपा महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएपछि कमल थापाले पार्टी छोडेर राप्रपा नेपाल गठन गरेका थियए। चार वर्षपछि भएको यो एकताले आगामी प्रतिनिधि सभा निर्वाचनअघि राजावादी मत एकीकृत गर्ने अपेक्षा गरिएको छ।  

कमेन्ट लोड गर्नुस