सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा पहिरोको जोखिममा रहेका ५ परिवारलाई सुरक्षित स्थानमा सारियो

। फोटो स्रोत ।
२०७६ साउन २६, ०३:२१ खबर संवाददाता

बैतडीमा पहिरोको उच्च जोखिममा रहेका ५ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। जिल्लाको सुर्नया गाउँपालिका वडा नम्बर ८ मल्लोढोलेका पहिरो प्रभावित परिवारलाई सुरक्षित ठाउँमा सारिएको हो। सडकबाट पहिरो खसेपछि ५ परिवारलाई  छिमेकीको घरमा सारिएको सुर्नया गाँउपालिका वडा नम्बर ८ का वडा अध्यक्ष आनन्दसिंह बोहराले बताए।

उनका अनुसार सुर्नया गाउंपालिका कै वडा नम्बर ६ मा रहेको शंकरपुर प्रहरी चौकी, जनप्रतिनिधि र स्थानीयहरुको सहयोगमा प्रभावित परिवारलाई सुरक्षित ठाउँमा सारिएको हो। सतबाँझ–श्रीभावर सडकखण्डअन्तर्गत ढोल्यामोडबाट वडा कार्यालयसम्म काटिएको सडकमा पहिरो खस्दा २३ परिवार जोखिममा रहेका छन्।

भिरालो जमिन भएकाले सडकमा खनिएको माटो र पहिरोका कारण बस्तीमा समस्या निम्त्याएको वडा अध्यक्ष बोहराले बताए। पहिरोले स्थानीयहरुको खेतबारीमा नोक्सानी भएको छ भने खानेपानीको मुहान र पाइपसमेत पहिरोले पुरीएका छन्। गाउंमा खानेपानीको समेत अभाव भएको स्थानीयहरुले बताएका छन्।

कमेन्ट लोड गर्नुस