सुदूर नेपाललाई विश्वसँग जोड्दै

माइती नेपाल कञ्चनपुरद्धारा भारतमा बेचिएका १० महिलाको उद्धार

२०८२ पुष १३, ११:५८ खबर संवाददाता

कञ्चनपुरः माइती नेपाल आवधिक गृह, कञ्चनपुरले भारतमा बेचिएका १० महिला तथा किशोरीहरूको उद्धार गरेको छ। विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्म एक वर्षको अवधिमा १० जना किशोरी तथा महिलाको भारतको विभिन्न क्षेत्रबाट उद्धार गरिएको हो।

माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टका अनुसार, उद्धार गरिएकामध्ये भारतको बिहार, चौमली, हरियाणा, मुम्बई र हैदराबाद बाट एक–एक जना गरी ६ जना रहेका छन्। यसैगरी भारतको दिल्ली र गाजियाबाट दुई–दुई जना गरी ४ जनाको उद्धार गरिएको संयोजक भट्टले बताइन।

भारतका फरक–फरक क्षेत्रमा विभिन्न काममा लगाइएको तथा कोठीमा बेचिएको अवस्थामा खोजतलास गरी उनीहरूको उद्धार गरिएको उनले बताइन। उद्धार भएकामध्ये ८ जना बालिका र २ महिला रहेका छन्।

यसैगरी, माइती नेपालले कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकी तथा विभिन्न स्थानबाट भारत लग्दै गरेको अवस्थामा २ सय ९ जनालाई रोकथाम गरी उनीहरूलाई परिवारको जिम्मा लगाइएको जनाएको छ।

कमेन्ट लोड गर्नुस