सुदूर नेपाललाई विश्वसँग जोड्दै

७५० केजी गाँजासहित दुई जना पक्राउ

२०८२ पुष १२, ०२:०९ खबर संवाददाता

उदयपुर: उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा पर्ने मदन भण्डारी सडकबाट ७५० किलो गाँजासहित दुई जना पक्राउ परेका छन्। 

को १ ज ३४५६ नम्बरको जिपबाट उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता केदारमान दोङले राससलाई बताए। गाँजाका साथ जिपचालक बेलटार नगरपालिका –६ का रवीन राइ र रामबहादुर राईलाई नियन्त्रणमा लिइएको छ।
 

कमेन्ट लोड गर्नुस