सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका कानून मन्त्रीले पत्रकार छत्यालमाथि गरेको दुर्व्यवहारप्रती ध्यानाकर्षण

२०७६ साउन २५, ०६:२४ खबर संवाददाता

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहले समाचार संकलनका क्रममा पत्रकार दिल बहादुर छत्यालमाथि गरेको दुव्र्यवहारको घटनाप्रती नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ। नेपाल पत्रकार महासंघ कैलाली शाखाले प्रेस विज्ञप्ती जारी गर्दै महासंघका पूर्व केन्द्रिय सदस्य एवंम् नागरिक दैनिकका सुदूरपश्चिम व्युरो प्रमुख  छत्यालमाथि समाचार संकलनका लागि टेलिफोन मार्फत जानकारी लिन खोज्दा कानून मन्त्री शाहले गरेको दुव्र्यवहारप्रती ध्यानाकर्षण भएको उल्लेख गरेको छ।

महासंघका कैलाली शाखा सचिव मीन ठकुरीले जारी गरेको विज्ञप्तीमा साउन २४ गते पत्रकार छत्यालले मन्त्री शाहलाई टेलिफोन गरी समाचारका लागि धारणा माग गरेको विषयलाई लिएर दुव्र्यवहार गरिनुलाई महासंघ घोर निन्दा गर्दछ भनिएको छ। सूचना माग्न पाउने आम नागरिकको संवैधानिक अधिकारलाई कुण्ठित पार्ने गरी मन्त्री शाहले टेलिफोनमै पत्रकार छत्याललाई दुव्र्यवहार गर्नु खेदजनक छ। मन्त्रीले गरेको उक्त दुर्व्यवहारको घटनाका सम्बन्धमा प्रदेश सरकारको आधिकारिक धारणा माग गर्दछ माग गर्दै प्रेस स्वतन्त्रता विरोधी अभिव्यक्ति फिर्ता लिएर पत्रकारमैत्री तथा सूचनामैत्री बन्न अपिल गरेको छ।

यस्तै पत्रकार महासंघले हरैया शिविर जग्गा प्रकरणको समाचार सम्प्रेषण गरेको विषयलाई लिएर छत्याललाई सुरक्षा थ्रेट रहेको कुरा जानकारीमा आएको भन्दै उनको पेशागत तथा भौतिक सुरक्षाका लागि पत्रकार महासंघ सम्बन्धित निकायसँग माग समेत गरिएको छ। यस्तै नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशले पनि विज्ञप्ती जारी गर्दै घटनाप्रती ध्यानाकर्षण भएको जनाएको छ। पत्रकार छत्यालले मन्त्री शाहलाई समाचार सम्प्रेषणका लागि प्रदेश सरकारका योजनाका विषयमा बुझ्न टेलिफोन सम्पर्क गर्न खोज्दा अपमानीत शब्द प्रयोग गरी दु्व्र्यवहार गरेको बताउँदै आएका छन्। कानून मन्त्री शाहले हरैया जग्गा प्रकरण पत्रकार छत्याललाई नेकपाका स्थायी कमिटि सदस्य लेखराज भट्टको नाम जोडेर नै दुव्र्यवहार गरेको आरोप लागेको छ।  

कमेन्ट लोड गर्नुस