कैलालीमा गुडिरहेको गाडीमा आगलागि
कैलालीको टीकापुरमा गुडिरहेको गाडीमा आगलागि भएको छ। टीकापुरको शैलेश्वरी ड्राइभिङ सेन्टरको गाडीमा आगलागि भएको हो। सिकारुहरुले चलाई रहेको अवस्थामा बा ७ च ८३०९ नम्बरको गाडीमा आगलागि भएको टीकापुर प्रहरीले जानकारी दिएको छ। टीकापुरको पार्क रोडमा एक्कासी गुडिरहेको गाडीमा आगो लागेको टीकापुर प्रहरीले जनाएको छ। गाडीमा क्षती भएपनि मानविय क्षती भने नभएको टीकापुर प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक मनोहर भट्टले बताए। आगो दमकलको सहायताले नियन्त्रणमा लिइएको छ।