सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा विद्यालयका बस चालकलाई ट्राफिक सचेतना कक्षा

२०८२ पुष ४, ०७:३८ खबर संवाददाता

कञ्चनपुरः ट्राफिक नियम तथा सडक सुरक्षाका विषयमा कञ्चनपुरको महेन्द्रनगरस्थित विद्यालयका चालकहरुका लागि ट्राफिक सचेतनामुलक कक्षा सञ्चालन गरिएको छ।

जिल्ला ट्राफिक कार्यालयको आयोजनामा २० विद्यालयका चालक तथा सहचालकलाई प्रशिक्षण प्रदान गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक बलेन्द्र नाथले जानकारी दिए। उनले ट्राफिक नियमको पालना, सवारीसाधन चलाउँदा अपनाउनुपर्ने सावधानी र अनुशासन लगायतका विषयमा चालक तथा सहचालकलाई प्रशिक्षण दिएको बताए।

महेन्द्रनगरस्थित लिटल बुद्ध एकेडेमी र इन्टरनेशनल पब्लिक स्कुलमा उक्त प्रशिक्षण दिइएको हो। “प्रशिक्षणमा सहभागी चालकले कार्यक्रम उपयोगी भएको भन्दै खुसी व्यक्त गरेर व्यवहारमा लागू गर्ने प्रतिवद्धता जनाएका छन्”, प्रमुख नाथले भने, “सवारी दुर्घटना न्युनीकरणका लागि ट्राफिकसँगै सरोकारवाला निकाय र स्थानीय तह पनि सहजीकरणमा जुट्न आवश्यक छ।” कञ्चनपुर ट्राफिक प्रहरीले सदरमुकाम महेन्द्रनगर र पूर्व–पश्चिम राजमार्गमा पछिल्लो समय ट्राफिक सक्रियता बढाएको छ। 

कमेन्ट लोड गर्नुस