कञ्चनपुरबाट चरेशसहित एक जना पक्राउ
२०८२ मंसिर २९, ०७:५५
कञ्चनपुरः कञ्चनपुरबाट चरेशसहित एक जना पक्राउ परेका छन्।
गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दोधरा चाँदनीबाट खटिएको प्रहरी टोलीले दोधारा चाँदनी नगरपालिका–१ हल्दुघाट बस्ने ७२ वर्षीय चन्द्र चन्दलाई चरेशसहित एक जना पक्राउ गरेको हो। चन्दले संचालन गरेको पसलमा खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा १८ ग्राम ८१० मिलिग्राम चरेश फेला पारि उक्त पदार्थसहित उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
कमेन्ट लोड गर्नुस