कतारस्थित नेपाली दुतावास दुई दिन बन्द रहने

खवर संवाददाता
२०७६ साउन २४, ०२:४८
अ+

कतारको दोहास्थित नेपाली राजदूतावास दुई दिन बन्द रहने भएको छ। इस्लाम धर्मावलम्बीहरूको पर्व ईद अल अदाको अवसरमा आगामी आइतबार र सोमबार दुतावास नखुल्ने दुतावासद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ। ईद अल अदाको अवसरमा दुतावासले इस्लाम धर्मावलम्बी सहित सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त समेत गरेको छ।