सुदूर नेपाललाई विश्वसँग जोड्दै

ओलीको कोटाबाट महाधिवेशन प्रतिनिधि मनोनीत धनगढीका थापा केन्द्रीय सदस्यमा उठ्ने

२०८२ मंसिर २७, ११:१५ खबर संवाददाता

धनगढीः धनगढीका प्रशान्त थापा नेकपा ऐमालेको एघारौं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि मनोनीत भएका छन्। एमालेको सुदूरपश्चिम प्रदेश सदस्यसमेत रेहका थापा पार्टी अध्यक्ष ओलीबाट मनोनीत भएका हुन्।

जेन्जी बिद्रोहको विरुद्धमा र केपी ओलीको पक्षमा खरो रुपमा उत्रिएका थापा केन्द्रीय महाधिवेशन प्रतिनिधिमामा केन्द्रको पाँच प्रतिशत मनोनीत कोटामा छानिएका हुन्।

पछिल्लो समय ओलीका विश्वास पात्र मानिएका थापाले मनोनीत भएपछि सुदूरपश्चिम प्रदेशबाट केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिने बताएका छन्। एमालेको एघारौं महाधिवेशन शनिवारबाट सुरू भएको छ।

कमेन्ट लोड गर्नुस