सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी क्याम्पस चोकमा एनपिएलको  लाइभ प्रसारण हुने

२०८२ मंसिर २६, ०६:२० खबर संवाददाता

धनगढी: धनगढी-८ क्याम्पस रोडमा एनपिएलको फाइनल खेलको लाइभ प्रसारण हुने भएको छ। एनपिएल पहिलो सिजनको समेत लाइभ प्रशारण गरेको मालिका कम्प्युटर्सले  शनिवार हुने फाइनल खेलको लाइभ देखाउने भएको हो।

शनिवार अपराह्न ३:३० देखि हुने सुदूरपश्चिम रोयल्स र लुम्बिनी लाइन्सबीचको खेलको प्रत्यक्ष प्रशारण देखाउने मालिका कम्प्युटर्सका सञ्चालक वीरेन्द्रप्रसाद भट्टराईले बताए। उनले जारी दोस्रो सिजनको अन्तिम खेलको सर्वसाधारणले हेर्न मिल्ने गरी लाइभ देखाउने व्यवस्था मिलाउने जानकारी दिए। सर्वसाधारणले नि:शुल्क रुपमा खेल हेर्न पाउनेछन्।

कमेन्ट लोड गर्नुस