सुदूर नेपाललाई विश्वसँग जोड्दै

दिनेश फउण्डेसनद्वारा धनगढीमा रक्तदान

२०७६ साउन २३, ०५:०२ खबर संवाददाता

दिनेश ग्रुप अन्तरगतको दिनेश फाउण्डेशनले सामाजिक कार्य अन्तरगत धनगढीमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा एक सय २१ जनाले रक्तदान गरेको फाउण्डेसनका अध्यक्ष श्याम हमालले बताए। फाउण्डेसनले बर्षातको समयमा रगतको अभाव हुने भएकाले विगतका बर्षझै यसपाली पनि रक्तदान कार्यक्रमको आयोजना गरेको अध्यक्ष हमालले बताए।

सोही कार्यक्रममा अध्यक्ष हमालले २७ औँ पटक रक्तदान गरेका छन्। जिल्ला प्रशसन कार्यालयमा दर्ता भएको फाण्डेसनले आफ्नो बार्षिक क्यालेण्डर अनुसार प्रत्येक बर्ष रक्तदान र दशै अगाडी सरसफाई कार्यक्रम राख्दै आएको छ।

 

कमेन्ट लोड गर्नुस