सुदूर नेपाललाई विश्वसँग जोड्दै

बेलौरीमा खेलाडीमाथि कुटपिट

तस्बिर सौजन्य: सामाजिक सञ्जाल
तस्बिर सौजन्य: सामाजिक सञ्जाल
२०८२ मंसिर २०, १२:२१ खबर संवाददाता

कञ्चनपुर: बेलौरीमा जारी वडा स्तरीय मेयर कप फुटबल प्रतियोगितामा एक खेलाडीमाथि निर्घात कुटपिट भएको छ। मङ्सिर १५ गतेदेखि बेलौरी नगर खेलकुद समितिको आयोजनामा खुला मञ्चमा सञ्चालन भइरहेको प्रतियोगितामा वडा नम्बर १० का खेलाडी करन पालमाथि कुटपिट भएको हो।

वडा नम्बर १ र १० बीच भइरहेको सेमिफाइनल खेलका क्रममा ‘हेण्ड’ बलको विषयलाई लिएर विवाद उत्पन्न भएपछि वडा नम्बर १ का खेलाडीहरूले पालमाथि सामूहिक रूपमा आक्रमण गरेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख, प्रहरी निरीक्षक कमल चौधरीले जानकारी दिएका छन्। कुटपिटका कारण पालको टाउको, नाक, आँखा, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको र उनको कैलाली, धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

खेलाडीमाथि भएको सामूहिक कुटपिटपछि प्रतियोगिता प्रभावित भएको छ। घाइते पालको उपचारका लागि खेलाडीहरू अस्पतालतिर गएपछि आयोजकले केही दिनका लागि खेल स्थगित गरिएको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस