जनकपुरका कप्तान परिवर्तन
काठमाडौँः साविक विजेता जनकपुर बोल्ट्सले एनपिएलको जारी सिजनमा फेरि कप्तान परिवर्तन गरेको छ।
आज लुम्बिनी लायन्सविरूद्ध खेलमा जनकपुरले जान निकोल लफ्टि इटनलाई कप्तान बनाइएको हो।
जनकपुरका लागि इटन जारी सिजनका तेस्रो कप्तान बनेका हुन्। सुरुआती तीन खेल अनिल शाह, दुई खेल वायन पार्नेल र आज जान निकोल लफ्टि इटनले टोलीको कप्तानी गर्दैछन्।
आज पार्नेल अन्तिम ११ मासमेत परेका छैनन्। लगातार खराब प्रदर्शन गरिरहेको जनकपुरले पाँच खेलबाट हालसम्म तीन अङ्क मात्रै जोडेको छ। ‘प्लेअफ’को सम्भावना जीवित राख्न आजको खेल जित्नैपर्ने दबाब जनकपुरलाई छ।