सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा श्रीमान भेट्न गएकी एक महिला मृत फेला

। फोटो स्रोत ।
२०७६ साउन २३, १२:१९ खबर संवाददाता

दार्चुलामा श्रीमान भेटन गएकी एक महिला मृत फेला भेटिएकी छन्। जिल्लाको व्याँस गाउँपालिका वडा नम्वर ४ बिन्नाला बस्ने नरसिंह महरकी श्रीमती ३५ वर्षीया पार्वती महर मृत फेला परेको प्रहरीले जनाएको छ। लेकमा रहेका श्रीमान नरसिँह महरलाई भेट्न खाद्यान्न सामाग्री बोकेर घरबाट हिडेकी उनी बुधबार व्याँस गाउँपालिका वडा नम्बर ४ चौशिल खोलाको देप्से खोला किनारमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक रविन्द्र बहादुर कठायतले बताए। तर उनका श्रीमानसंग भने सम्पर्क हुन नसकेको प्रहरीले जनाएको छ। खोलाले बगाएर महरको मृत्यु भएकोे हुनसक्ने अनुमान गरिएको छ। महिलाको शव परिक्षणका लागि जिल्ला अस्पताल दार्चुला ल्याउन लागेको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस