सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको हरैया शिविर कब्जा गरेको भन्दै दुई जना पक्राउ

२०७६ साउन २३, ०७:०१ खबर संवाददाता

कैलालीको हरैया शिविर कब्जा गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीले दुई जना पक्राउ परेका छन्। मोहन बैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का दुई जना कार्यकर्तालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का जिल्ला सचिवालय सदस्य गोदावरी नगरपालिका वडा नम्वर १ का टंक कोईराला र वडा नम्वर ६ का नन्दे आउजीलाई पक्राउ गरिएको र आज म्याद थप गर्दै उनीहरुमाथि अनुसन्धान हुने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्ष कुमार बस्नेतले बताए। 

उनीहरुलाई हरैया शिविर क्षेत्रबाटै ईलाका प्रहरी कार्यालय मालाखेतीले पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा पठाएको हो। भुमाफीया, दलाल र केही पार्टीका नेताहरुकै संग्लनतामा द्वन्द्धकालमा बसाईएका सुकुम्वासीलाई हटाईएको भन्दै बैद्य माओवादीले बुधवार मात्रै पुनः शिविर कब्जा गरेको थियो। मोहन बैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकटको विद्यार्थी संगठन अखिल क्रान्तीकारीका कैलाली जिल्ला अध्यक्ष पुष्पराज जोशीले शिविर कब्जा गर्दै फेरी पुरानै सुकुम्वासी परिवारलाई बसाउने योजना रहेको बताए। 

द्धन्द्धकालमा तत्कालीन माओवादीले हरैया शिविरमा सुकुम्वासीलाई बसालेको थियो तर उक्त जग्गा बिक्रि भएपछि उनीहरुलाई बल प्रयोग गर्दै हटाईएको थियो। सुकुम्वासी हटाउन भाडाका बाउन्सरहरु समेत प्रयोग भएपछि चौतर्फी आलोचना भएको थियो तर स्थानीय प्रशासन मुकदर्शक बनेको थियो। 

सौभाग्य रियल स्टेट एण्ड हाउजिङ प्रालिले गत माघ २५ गते सुकुम्बासी बसेको हरैया स्थित २१ बिगहा जग्गा खरिद गरेको थियो। जग्गा बिक्रीमा तत्कालिन माओवादीका केही नेताको संलग्नता रहेको आरोप लाग्दै आएको छ। २०६१ सालमा तत्कालिन विद्रोही माओवादीले नै उक्त जग्गामा सुकुम्बासीलाई बसाएको थियो।

कमेन्ट लोड गर्नुस