सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा चार नयाँ मतदानस्थल थप्ने सिफारिस

२०८२ मंसिर १७, ०१:१७ खबर संवाददाता

डडेल्धुरा: डडेल्धुरा जिल्लामा चार नयाँ मतदानस्थल थप्न सिफारिस गरिएको छ। हाल १३९ मतदानस्थल रहेको डडेल्धुरामा यसपटक एउटा पुरानो मतदानस्थल हटाई चार नयाँ स्थल प्रस्ताव गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

२०७९ सालको निर्वाचनमा जिल्लामा १३९ मतदान केन्द्र र १०१ मतदान स्थल रहेका थिए। यसपटक संरचना र पहुँचका आधारमा आवश्यक परिमार्जन गर्दै नयाँ मतदानस्थल प्रस्ताव निर्वाचन आयोगमा पठाइएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत करुणाकर अवस्थीले बताए।

उनका अनुसार अजयमेरु गाउँपालिका–६ स्थित देवल मावि देवलदिव्यपुरमा रहेको पुरानो मतदानस्थल हटाई भूमिराज आवि पिपलचौतारा तथा डागेश्वरी आवि कानाकोटमा नयाँ मतदानस्थल राख्ने तयारी गरिएको छ।

त्यस्तै, नवदुर्गा गाउँपालिका–५ को भूमिराज आवि चौरबान्नीमा एक थप मतदानस्थल र गन्यापधुरा गाउँपालिका–१ को अशिग्राम आवि राउनाकोटमा अर्को नयाँ मतदानस्थल स्थापना गर्न सिफारिस गरिएको छ।
 

कमेन्ट लोड गर्नुस