सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरीमा आजदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुँदै

२०८२ मंसिर १६, ०७:१४ खबर संवाददाता

धनगढीः कैलालीको गोदावरीमा आजदेखि १५ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु हुँदै छ।

गोदावरी नगरपालिका–२ मा रहेको दुर्गालक्ष्मी नमूना माविमा प्रतियोगिता सुरु हुन लागेको हो। प्रतियोगिताको बिहान ८ बजे गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

मंसिर १९ गते सम्म सञ्चालन हुने प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, दौड, उफ्रने र फ्याँक्ने (हाई जम्प, लङ जम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो), मार्सल आर्ट (कराँते, तेक्वान्दो, उसु) खेल खेलाइने जनाइएको छ।

कमेन्ट लोड गर्नुस