सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमाले महाधिवेशन: सुदूरपश्चिमबाट १४१ प्रतिनिधि छनोट

२०८२ मंसिर १३, ०१:१८ खबर संवाददाता

धनगढी: नेकपा (एमाले)ले १औँ महाधिवेशनका लागि सुदूरपश्चिम प्रदेशभरबाट १४१ प्रतिनिधि छनोट गर्दैछ। प्रदेश सचिव रणबहादुर चन्दका अनुसार १६ वटा निर्वाचन क्षेत्रबाट १२९, क्लस्टरबाट ७ र प्रदेश कमिटीबाट ५ गरी कुल १४१ प्रतिनिधि चयन हुँदैछन्। उनका अनुसार कतिपय जिल्लामा सहमतिका आधारमा र कतिपयमा निर्वाचन प्रक्रियामार्फत छानोट कार्य चलिरहेको छ, र आज बेलुकासम्म काम सकिनेछ।

प्रदेशअनुसार प्रतिनिधि संख्या हेर्दा कैलालीबाट ३०, कञ्चनपुर १६, अछाम १५, बाजुरा १६, बैतडी १५, दार्चुला १२, डोटी र बझाङ १०–१० तथा डडेल्धुराबाट ५ जना प्रतिनिधि छनोट भइरहेको छ। यस्तै, कैलाली र कञ्चनपुरबाट कलस्टर तर्फ ७ जना प्रतिनिधि छनोट भइरहेका छन्। चन्दका अनुसार संघीय निर्वाचन क्षेत्रबाट खुला, महिला, दलित र युवा क्लस्टरका आधारमा प्रतिनिधि छानिने प्रक्रिया अघि बढाइएको छ।

यसैबीच बाजुरामा भने सबै १६ प्रतिनिधि सर्वसम्मत रूपमा छानिएका छन्। खुलातर्फ लालबहादुर ओली, जनककुमार बोहरा, बलदेव रेग्मी, गगन रावल, भरत थापा, मनलाल विष्ट र मेघराज शाही चयन भएका छन्। महिलातर्फ सीता थापा, देवु खाती, पार्वती थापा विष्ट र बसन्ती गुरुङ चयन भएका छन्। दलित क्लस्टरमा काशी बिक, गौरी सार्की, अमर बिक र राजकला सार्की चयन भएका छन्। ४० वर्षमुनिको युवा क्लस्टरमा नरेश रोकाया सर्वसम्मत रूपमा प्रतिनिधि बनेका छन्।
 

कमेन्ट लोड गर्नुस