सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतको पंजावमा सुदूरपश्चिमेली नेपाली समाज गठन

२०७६ साउन २२, १२:०९ खबर संवाददाता

भारतको पंजावमा सुदूरपश्चिमेली नेपाली समाज राज्य समिती गठन गरिएको छ। पंजावमा भएको सुदूरपश्चिमेलीहरुको भेलाले नारायण जोशीको अध्यक्षमा राज्य समिति गठन गरेको हो। समितिको उपाध्यक्षमा अनुराग ताम्राकार, सचिवमा खडकजंग कुँवर, कोषाध्यक्षमा करन नाथ र सह–कोषाध्यक्षमा नरेन्द्र कुमार चयन भएका छन्। सदस्यहरुमा पुष्पराज ओझा, तेजराज जोशी, खगेन्द्र जोशी, हिरा नेपाली, भिम पार्की, महेश अवस्थी, रमेश परियार, गोपी भट्ट र तेज नेपाली चयन भएका छन्। समितिको सल्लाहकारमा देवेन्द्र भाटलाई चयन गरिएको कोषाध्यक्ष करन नाथले जानकारी दिए। समस्यामा परेका सुदूरपश्चिमेलीहरुको सहयोगका लागि समिति गठन गरिएको अध्यक्ष जोशीले बताए। उनले समस्यामा परेका पंजाव राज्यका नेपालीहरुलाई सम्पर्कमा आउन पनि आग्रह गरेका छन्। 

कमेन्ट लोड गर्नुस