सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रचण्ड र माधव नेपाल धनगढीमा, एकता सन्देश सभालाई सम्बोधन गर्ने

२०८२ मंसिर १२, १२:१९ खबर संवाददाता

धनगढीः नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सह-संयोजक माधवकुमार नेपाल धनगढी आइपुगेका छन्।

पार्टीले धनगढीमा आज आयोजना गर्ने एकता सन्देश सभालाई सम्बोधन गर्न प्रचण्ड र नेपाल धनगढी आइपुगेका हुन्। 

नेताकार्यकर्ता दुवै नेतालाई स्वागत गर्न बिहानै धनगढी विमानस्थल पुगेका थिए। सन्देशसभा सुरु हुनुअघि नेपाली कम्युनिष्ट पार्टीले धनगढीको दुई ठाउँबाट र्‍याली निकाल्दैछ।

चौराहा र क्याम्पस चोकबाट निकालिएको र्‍याली धनगढी रङ्गशालामा पुगेर सभामा परिणत हुनेछ। नेकपाको सभालाई मध्यनजर गरेर धनगढीमा आज सुरक्षा व्यवस्था कडा पारिएको छ।

कमेन्ट लोड गर्नुस