सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–अत्तरिया ६ लेन सडकमा दुर्घटना हुँदा एक जनाको मृत्यु

२०७६ साउन २२, ०६:३७ खबर संवाददाता

धनगढी–अत्तरिया ६ लेन सडक अन्तरगत मंगलवार राती भएको दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ। धनगढीबाट अत्तरिया गईरहेको मोटरसाईल र अत्तरियाबाट धनगढी आईरहेको मोटरसाईकल बोराडाँडी स्थित मैदान मिल नजिक एक आपसमा ठोक्किदा एक जना मोटरसाईकल चालक धनगढीबाट अत्तरिया गईरहेको ट्रकमा च्यापिएपछि उनको मृत्यु भएको हो। धनगढीबाट अत्तरिया गईरहेको से ७ प १४६८ नम्बरको मोटरसाइकलका चालक धनगढी उप–महानगरपालिका वडा नम्वर १ का सुरज कुँवरको मृत्यु भएको हो। 

दुर्घटनामा गम्भीर घाइते उनको सेती अञ्चल अस्पतालमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ। अत्तरियाबाट धनगढी तर्फ आउँदै गरेको ना ७ ख ११५७ नम्बरको ट्रकलाई सोही दिशा तर्फ गईरहेका मृतक कुँवरको मोटरसाईकलले ओभर टेक गर्न खोजेको र सोही क्रममा विपरित दिशातिर आईरहेको से ५ प १४१८ नम्बरको मोटरसाइकलसंग ठोक्किएपछि कुँवर ट्रकमुनि खसेका थिए। ट्रक चालक र अर्को मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिएको छ तर मोटरसाईकल चालक भने फरार रहेका छन्।  
 

कमेन्ट लोड गर्नुस