सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा महिलाको हत्या गर्न खोजेको आरोपमा दुई जना पक्राउ

२०७६ साउन २१, ०६:१९ खबर संवाददाता

बझाङमा महिलाको गहना लुटपाट गरि हत्या गर्न खोजेको आरोपमा दुई जना पक्राउ परेका छन्। सोमबार बेलुका जिल्लाको थलारा गाउँपालिका वडा नम्बर ५ हाटकी २२ बर्षिया विमला ओलीमाथि आक्रमण गरेको आरोपमा दुई जना पक्राउ गरेका हुन्।

थलारा गाउँपालिका वडा नम्बर ६ का प्रेम कठायत र सौरभ चौहानलाई पक्राउ गरेको प्रहरी नायब उपरिक्षक सुर्य बहादुर केसीले बताउनुभयो।  दुबै जना मिलेर सोमबार बेलुका साढे ५ बजे ओलीको कानमा लगाएका गहनाहरु लुटपाट गरि हत्याको प्रयास भएको थियो।

सोमबार बेलुका केदास्युँ गाँउपालिका वडा नम्बर ९ झोता माईति घर भएकी ओलीमाथि घर आउने क्रमममा थलारा गाँउपालिका वडा नम्बर ३ को शिलाकोट भन्ने स्थानमा आक्रमण भएको थियो। ओलीको घाँटीमा टिनको पाता, रेडबुलको बोतलले रेटेर हत्याको प्रयास गरिएको थियो।

ओलीको अवस्था गम्भिर रहेको प्रहरी निरीक्षक ईश्वरीदत्त पाण्डेले बताउनुभयो। ओलीकी १३ बर्षिया बहिनी सलोचना ओलीमाथि पनि आक्रमण भएको थियो। विमलाको समेत टाउको र आँखामा चोट लागेको छ। घाईते दुबै जनालाई थप उपचारका लागि कोहलपुर रेफर गरिएको छ। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय बाट प्रहरी निरीक्षक पाण्डेको कमान्डमा प्रहरी टोली सोमबार देखी नै परिचालन गरिएको छ। घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस