एनपीएलमा आज विराटनगर किंग्स र चितवन राइनोज बीच खेल हुँदै
जारी नेपाल प्रिमियर लिग (एिनपिएल)कोे दोस्रो संस्करण अन्तर्गतको खेलमा आज विराटनगर किङ्ग्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुने भएको छ।
त्रिवि क्रिकेट मैदानमा बुधबार दिउँसो ३ः४५ बजे यी दुई टिमबीच प्रतिस्पर्धा चल्नेछ। विराटनगरले लगातर तीन खेलमा जित हासिल गर्दै ६ अंकसहित तालिकामा दोस्रो स्थानमा रहेको छ । यस्तै हालसम्म दुई खेल खेलेको चितवन राइनोजले एकमा जित र एकमा हार व्यहोरेको छ। तालिकाको पाँचौँ स्थानमा रहेको चितवन राइनोजले आजको खेल जितेर आफ्नो खेल तालिका सुधार गर्ने लक्ष्यमा रहेको छ भने विराटनगर आफ्नो जित यात्रालाई निरन्तरता दिने मनसायसहित मैदानमा उत्रिदैँछ।