सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा समर सांगीतिक साँझ हुने

२०७६ साउन २१, ०५:२८ खबर संवाददाता

धनगढीमा समर सांगीतिक साँझ हुने भएको छ। आउँदो साउन २४ गते धनगढीको आफ्नो घर टेम्पल रिर्सोटमा समर सांगीतिक साँझ हुने भएको हो। राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुती तथा नाचगान सहितको सांगीतिक साँझ हुन लागेको आज धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिईएको छ।

नेपाल आईसको मुख्य प्रायोजनमा हुने कार्यक्रम शुक्रवार ६ बजेदेखि सुरु हुने आयोजक समितीका संयोजक दिनेश भण्डारीले जानकारी दिए। कार्यक्रममा नेपाल आईडलका प्रतिस्पर्धीहरु रवि शर्मा, सुमित देउवा, रमेश अर्याल लगायतका कलाकारहरुको प्रस्तुती रहने संयोजक भण्डारीले जानकारी दिए। कार्यक्रमा रिदम व्याण्ड, निराश सनम, सुदुरपश्चिमका ¥यापर समूह, ¥यापर अकाउमेश, मिष्टर लोकेशका साथै नृत्य समुहको पनि प्रस्तुति रहने उनले बताए। 

 

कमेन्ट लोड गर्नुस