सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा श्रमदानबाट ‘त्रिदेव धाम सडक’ निर्माण सुरू

२०८२ मंसिर ९, ०१:१५ खबर संवाददाता

दार्चुला: दार्चुलाको लेकम गाउँपालिका–५ मा स्थानीयहरूले ‘त्रिदेव धाम सडक’ निर्माण कार्य सुरु गरेका छन्। वडाभित्र रहेका तीन धार्मिक स्थल—मालिकार्जुन मन्दिर, कुस्मावती मन्दिर र लटिनाथ मन्दिरलाई जोड्ने लक्ष्यसहित सडक निर्माण कार्य जनश्रमदानमार्फत भइरहेको समाजसेवी उमाकान्त विष्टले बताए।

विष्टका अनुसार मंसिर २ गतेदेखि सुरु भएको सडक निर्माण कार्य अन्तर्गत कुल २ हजार ५०० मिटर सडक बनाउनुपर्नेमा सोमबारसम्म १ हजार २७६ मिटर सडक निर्माण भइसकेको छ। 'हामीले जनश्रमदानबाटै सडक निर्माण गरिरहेका छौँ र यसमा सबै गाउँलेहरूले राम्रो साथ दिएका छन्,' उनले भने।

सडक निर्माणमा स्थानीयहरूले स्वइच्छिक आर्थिक सहयोग गर्दै, मेसिन भाडामा लिएर निर्माण कार्यमा पनि सक्रिय सहभागी हुँदै आएका छन्। वडाबासीहरू सबै मिलेर गाउँको विकासमा योगदान गर्न एकमत देखिएका छन
 

कमेन्ट लोड गर्नुस