सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

फाइल फोटो
फाइल फोटो
२०८२ मंसिर ६, ०८:२२ जयन्त सिंह भाट

धनगढीः कैलालीबाट लागुऔषध सम्बन्धि मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्लाको जानकी गाउँपालिका–७ गलौरी बस्ने २२ वर्षिय राजेन्द्र महतोलाई मंसिर ५ गते शुक्रबार उनको घर नजिकैबाट इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको टोलीले पक्राउ गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय  कैलालीले जनाएको छ। 
लागूऔषध सम्बन्धी मुद्दामा उनलाई १ महिना १५ दिन कैद सजाय सुनाइएको थियो। उनलाई निर्णय कार्यान्वयनका लागि अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।


 

जयन्त सिंह भाट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस